माघ–७, खोटाङको छितापोखरीमा स्वर्गीय डगीराज राईको स्मृतिमा आयोजना गरिएको खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता सकिएको छ । डगीराजका आफन्तजनको प्रायोजन तथा हलहले युवा क्लवको व्यवस्थापनमा माघ ४ गतेबाट शुरुभएको प्रतियोगिता सकिएका हो । 
पुरुषतर्फ १५ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जनकल्याण सेवा समाज मात्तिम पहिला, सेल्मे जनकल्याण सेवा समाज खिदिमा दोश्रो र वाप्लुखा–६ कानडाका तेश्रो भएको छ । यस्तै, महिलातर्फ पाँच समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा सेल्मे जनकल्याण सेवा समाज खिदिमा पहिलो, हलहले युवा क्लव छितापोखरी दोश्रो र लाली गुराँस साँस्कृतिक परिवार छितापोखरी तेश्रो भएको हलहले युवा क्लवका सल्लाहकार अम्बिका राईले जानकारी दिनुभयो । 
पुरुष तर्फको प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, महिलातर्फको प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।