माघ–७, माघ महिनाको चिसो सिरेटोसँगै खोटाङको सदरमुकाम दिक्तेलको माटिकोरे खेल मैदान तातेको थियो ।

शनिबार खोटाङ युवा क्लव र तातिम ईन्टरटेण्टमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको सांगीतिक कार्यक्रममा आधा दर्जन नवप्रतिभाको प्रस्तुतिपछि शिव परियारले सुमधुर स्वरको प्रस्तुति सुरुभयो । कुवाको पानी सालको पातैले, बेहोसपछि होसमा आउदा, कहा“ थियौ तिमी, लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो, रित्तो–रित्तो छु म, देउडा लगायतका सात वटा कर्णप्रिय गीतले मैदान तातिदै थियो ।
शिव परियारको सबै गीतमा दर्शकले तालीमात्र बजाएका थिएनन्, नाचेरै साथ दिए । सबै गीतमा वान्स्मौरको आवाजले मैदानै गुन्जयमान भएको थियो । पसिनाको  धारो छुट्दा पनि शिवलाई दर्शकले धर दिएनन् । उनको जादुमय स्वरले लठ्ठीएका थिए दर्शकहरु । शिवको गीत गुन्जिरहँदा साझको सात बजेको थियो । मैदानमा सहभागी गीतसंगीतकर्मीहरुका अनुसार कतिपय स्थायी र अन्तराहरुमा बेसुरा भए पनि स्थापित गायक भएकाले त्यसलाई ख्यालै नगेनन् दर्शकहरुले ।

कार्यक्रममा शिव मात्र नभएर अन्य कलाकारको प्रस्तुति पनि उस्तै थियो । विनोद खम्बु, आशिष ताम्राकार, मेलिना राई, सुमन सरगम, रेवत राई, सचिन राई, दीपेश राई, लकेश राई, नारायण आचार्य, मोनामावी राईलगायतको स्वर दर्शकका लागि लोकप्रिय भएको थियो ।

कार्यक्रममा आकर्षण पाटो भने अलग्गै थियो । चर्चित हाँस्य जोडी सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले दर्शकलाई आफूतिर डो¥याइरहेका थिए । ती जोडीले देशको वर्तमान यथार्थतालाई हास्य विषय वस्तु बनाएपछि घतमानिमानि हासोले मैदानै उचालेका थिए । वर्तमान राजनीतिक गतिरोध, सरकारको अव्यवस्थित शान्ति सुरक्षा, दण्डहीनता, लोड सेडिङ, खोटाङ जिल्लाको विकास निर्माण सम्बन्धी तिखो प्रहार गरेका थिए ।

 नृत्याङ्गाना पार्वती राईले पनि माहौल तताइन् । उनको सुरुको प्रस्तुति नेपाली चोलीले दर्शकलाई आफूतिर तानिसकेको थियो । त्यसैमाथि उद्घोषकले उध्रेको चोली शीर्षकमा नृत्य प्रस्तुत गर्ने घोषणा गरेपछि दर्शकले उध्रेको चोली हेर्न कुरिनै रहेका थिए । अन्ततः शिव परियार, धुर्मुस सुन्तलीलगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिपछि पनि आधारातको अध्यारोमै उध्रेको चोली हेरेरै दर्शकहरु घर फर्कीए ।