माघ–११, खोटाङको रभुँवाबाट निकासी हुने बालुवाको मूल्य निर्धारण भएको छ । 
यसअघि लामीडाँडाका स्थानीय व्यक्तीहरुले मनोमानी बालुवा बिक्री गर्दै आएको गुनासो आएपछि जिल्लाका राजनैतिक दल, प्रशासन, जिल्ला बिकास समिति सम्मिलित सर्वपक्षीय बैठकले खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दुधकोशीस्थित रँभुवाघाटबाट निकासी हुने बालुवाको मूल्य निर्धारण गरेको हो ।
बैठकले बालुवा प्रति ठूलो ट्रक एक हजार, प्रति सौराज पाँच सय तथा प्रति ट्याक्टर पाँच सय शुल्क निर्धारण गरेको बैठकमा सहभागी ट्याक्टर व्यवसायी संघ खोटाङका उपाध्यक्ष राम हिङमाङले जानकारी दिनु भयो ।
बैठकले निकासी हुने बालुवाको शुल्क उठाउन लामीडाँडा गाबिसलाई अनुमति दिएको छ । बैठकले अवका दिनमा रभुँवाबाट बालुवा लिएर अन्यत्र जाने सवारी साधनहरुले अर्खौले र नुनथला प्रहरीचौकीलाई अनिवार्य गाबिसलाई शुल्क बुझाएको रसिद देखाउनु पर्ने सहमती गरेको छ ।