

बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीय तहका सरकारी कारोबारका लागि सदरमुकाम दिक्तेलबजार नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बैंकिङ कारोबारकै लागि अधिकांश स्थानीय तहका कर्मचारी दुई दिन लगाएर सदरमुकाम दिक्तेलबजार धाउनुपर्ने बाध्यता थियो ।
बैंकको शाखा उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई (पासाङ) र राजन राई, पूर्व सभाषद् सरस्वती बजिमय, बैंकका उपमहाप्रबन्धक उद्धव खनाल, नेपाली काँग्रेसका युवा नेता सुवासकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो । उक्त पालिकामा सात वटा वडा रहेका छन् ।
तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्धमा विस्थापित बैंकको शाखाहरु पुनः प्रत्येक स्थानीय तहमा खोल्ने तयारी गरिएको उपमहाप्रबन्धक खनालले बताउनुभयो ।
दुई नगरपालिका सहित दश स्थानीय तह रहेको जिल्लामा ऐसेलुखर्कसँगै सदरमुकाम दिक्तेलबजार र खोटाङबजारमा रावा बैंकको शाखा सञ्चालनमा छ । अन्य पालिकामा बैंक नहुँदा आर्थिक कारोवारको लागि सदरमुकाम नै धाउनुपर्ने अवस्था छ । तस्बिर : फेसबुक