माघ–१२, दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई संरक्षण गर्ने सरकार बिरुद्ध प्रेस यूनियन खोटाङले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
पत्रकारको हत्यारालाई कानूनी कारबाही गर्नुको सट्टा उल्टै पुःन दैलेखका सबै पत्रकारहरुलाई बिस्थापित गराईएको भन्दै प्रेस यूनियनको अगुवाईमा गएका पत्रकारहरुले प्रशासन अगाडि आधा घण्टा धर्ना दिएका हुन् ।
धर्ना समापन कार्यक्रममा नवसम्बाद पाक्षिकका सम्पादक कृष्ण आचार्यले सम्बोधन गर्नु भएको थियो ।