माघ–१४, खोटाङको लफ्याङमा निर्माण हुन लागेको साप्सु कालिका हाइड्रो पावर कम्पनी लिमिटेडको भोली शिलान्यास हुने भएको छ ।
 
जिल्लाको पहिलो सामुदायिक जलविद्यूतका रुपमा निर्माण हुन लागेको एक मेघावाट क्षमताको साप्सु कालिका हाइड्रो पावर कम्पनी लिमिटेडको शिलान्यास हुने भएको हो । यसका लागि आइतबार सदरमुकाम दिक्तेलमा पूर्व तयारी बैठक बसेको छ ।
 
जिल्ला विकास समितिको समिक्षालय हलमा बसेको बैठकमा राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।
 
पिपिपि मोडलमा सञ्चालन हुने हाइड्रो पावर कम्पनीका लागि जिल्लाका सर्वसाधारणहरुबाट शेयर सदस्यता समेत बितरण गर्ने काम भइरहेको कम्पनीका अध्यक्ष अर्जुन राईले बताउनुभयो ।