माघ–१९, संघीय समाजवादी पार्टी नेपालले खोटाङमा आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको छ ।
जिल्लाको फेदि, रतन्छा, लफ्याङ, बाँझेच्यानडाँडा र खिदिमा गाबिसमा आफ्नो संगठन बिस्तार गरिसकेको पार्टीले शुक्रबार इन्द्राणीपोखरी गाविसमा आफ्नो गाउँ समिति निर्माण गरेको छ । 
पार्टीले गाबिसका पूराना राजनीतिकर्मी मानजीत राईको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कार्य समिति निर्माण गरेको जनाएको छ । समितिको उपाध्यक्षहरुमा शिवकुमार राई, रेनुका राई र कविता रोका चयन हुनुभएको छ । यस्तै, समितिको सचिवमा प्रल्हादजङ राई र सहसचिवमा विपिन रोका मनोनयन हुनुएको छ । पार्टीले नवगठित उपाध्यक्ष शिवकुमार राईलाई संगठन विभाग, रेनुका राईलाई महिला विभाग र कविता रोकालाई आर्थिक विभागको जिम्मेवारी दिइएको जनाएको छ । 
संघीय समाजबादी पार्टीका केन्द्रीय सदस्य सनवहादुर राईको प्रमुख आतिथ्य तथा जिल्ला तदर्थ समिति खोटाङका अध्यक्ष सूर्य राईको विशेष आतिथ्यतामा सम्पन्न भेलाले गाबिसमा संगठन बिस्तार गरेको हो । समितिको सदस्यमा रहनुभएका इश्वर राईलाई कृषि, होमराज राईलाई युवा, शुशिला राईलाई विद्यार्थी र अनुप राईलाई संस्कृति विभागको जिम्मेवारी दिइएको संघीय समाजबादी पार्टीका सचिवालय सदस्य इन्द्र नारथुङ्गेले जानकारी दिनु भयो ।