माघ–२४, खोटाङमा चार घरमा चोरी भएको छ । आईतबार राती १२ बजे बुईपा–९ का रबिन राई, अमर राई, चन्द्र घिमिरे र धर्म राईको घरमा चोरी भएको हो । 
उनीहरुको बुईपा–५ पञ्चरदोबाटोस्थित बन्द पशलबाट नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजिव बस्नेतले बताउनु भयो । प्रहरीका अनुसार रबिनको आठ हजार, अमरको छ हजार र धर्मको पाँच हजार नगद चोरी भएको छ । घिमिरेको भने चोरी भएको सम्पत्तीको बिगो खुलेको छैन । 
चोरीमा संलग्न भएको आशंकामा बिजयखर्क–५ का १८ वर्षीय बिज बालकोटी र बुद्ध बालकोटीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिनु भयो । प्रतेक दिन पञ्चरदोबाटोस्थित पशलमा व्यपार गरेर रातको समयमा घर जाने गरेका थिए ।