माघ–२५, खोटाङको महुरे–फोक्सिङ्टार सडक खण्डमा काम गर्ने मजदुरहरूबाट कमिशन अशुल प्रकरणमा संलग्न रहेका उपभोक्ता समितिका तीन जना पदाधिकारी पक्राउ परेका छन् । 
सडकमा काम गर्ने मजदुरहरुको कमिशन अशुलीमा संलग्न भएको आरोपमा प्रहरीले उपभोक्ता समितिका अध्यक्ष लालबहादुर राई, सचिव शिव राई र कोषाध्यक्ष निर्मला राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 
जिल्लाका एक अराजक समुहसँगको मिलेमतोमा मजदुरको रकम अशुली गरेको आरोपमा पक्राउ परेका उपभोक्ता समितिका तीनै जनालाई जिल्ला विकास समितिसमक्ष बुझाइएको प्रहरीले जनाएको छ । अराजक समुहसँगको साँठगाँठमा कामदारले पाउने रकमको १५ प्रतिशत कमिशन लिएको गुनासो आएपछि जिल्ला विकास समितिको अनुरोधमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 
गत माघ–४ गते डन समुहसँगको मिलेमतोमा ४९ किलोमिटर लामो महुरे–फोक्सिङटार सडक निर्माणमा संलग्न १२० जना मजदुरहरुबाट ७ लाख १५ हजार कमिशन अशुलिएको खुलासा भएको थियो । 
जिल्ला विकास समितिका अनुशार उपभोक्ता समितिका तीनै जना पदाधिकारीहरु जिल्ला विकास समितिमा हाजिर भएर फर्किएका छन् । यसअघि, गत माघ–१० गते जिल्लाका राजनैतिक दलहरुले सडक मजदुरहरुबाट जबरजस्ती कमिशन लिने अराजक समुहलाई कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएका थिए