माघ २८ – शान्तिपूर्ण विरोधका कार्यक्रममा प्रहरी प्रशासनले आन्दोलनकारीहरुमाथि दमन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनरत दलहरुले आज खोटाङको दिक्तेल बजार बन्द गर्ने भएका छन् ।

नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव वसन्तकुमार गौतमद्वारा आज जारी विज्ञप्ति सरकारविरुद्ध नेपाली काँग्रेसलगायत राजनीतिक दलहरुले सञ्चालन गरेको विरोध कार्यक्रममा सुरक्षाकर्मीको हस्तक्षेपबाट नेकाँ महासमिति सदस्य अटलेश्वर राई, नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष दिनेश घिमिरेलगायत दर्जनौँ आन्दोलनकारी घाइते भएको भन्दै त्यसको विरोधमा आज दिक्तेल बजारका शैक्षिक संस्था, दिक्तेल बजार र यातायात बन्द गर्ने निर्णय गरेको उल्लेख गरिएको हो ।

शान्तिपूर्ण विरोध जुलुस, धर्ना गर्न पाउने नागरिकको संवैधानिक अधिकारको सरकारले ठाडै उल्लङ्घन गरेको छ , सरकारको मानवता विरोधी यस्ता घटनाको नेपाली काँग्रेस भत्र्सना गर्दछ विज्ञप्तिमा उल्लेख छ ।