दक्षिण कोरिया पुगेका युवाद्धारा गाउँका एक बृद्धालाई आर्थिक सहयोग

माघ–२९, रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका खोटाङको सल्ले गाबिस चिचिङ्गाका युवाले गाउँका एक बृद्धालाई आर्थिक सहयोग गरेको छ । 
कामकालागि दक्षिण कोरिया पुगेका सल्लेका युवाले स्थापना गरेको ‘हामी समाजकालागि’ नामक संस्थामा आवद्ध ११ जना युवाले सल्ले–७ का ८५ वर्षीय ज्येष्ठ बृद्धा रणलक्षी राईलाई नगद दश हजार आर्थिक सहयोग गरेको हो । 
धन कमाउनकालागि दक्षिण कोरिया पुगेका युवाहरुले आफ्नो तलब कटाएर पठाएको रकम आइतबार ‘हामी समाजकालागि’ नामक संस्थाका नेपाल सदस्य मुना राईले बृद्धा राईलाई हस्तान्तरण गर्नु भएको छ । 
उचित लालनपालन र हेरचाहको अभावमा कष्टकर जीवन भोगीरहेका समाजका बृद्धबृद्धाहरुको सहयोगकालागि आर्थिक सहयोग दिइएको ‘हामी समाजकालागि’ संस्थाका संयोजक दिपेन्द्र राईले बताउनु भयो । 
गाउँका बृद्धबृद्धाहरुको सहज जीवनयापनकालागि सल्लेका युवाहरुले प्रतेक तीन तीन महिनामा आफ्नो गाउँका ज्येष्ठ नागरिक, बृद्धबृद्धालाई प्रतिव्यक्ती दश–दश हजार आर्थिक सहयोग गर्दै आएको छ । 
युवाहरुले गत कार्तिक–२७ गते गाउँका दुई बृद्धबृद्धालाई आर्थिक सहयोग गर्दै जाने अभियानको थालनी गरेको थियो । 
२०५९ साल असोज–१३ गते स्थापना भएको संस्थाले गाउँमा पुस्तकालय स्थापना गर्ने, जेहेन्दार तथा उत्कृष्ट अंक ल्याएर एसएलसि उत्तिर्ण गर्ने बिद्यार्थीलाई आर्थिक सहयोग गर्ने, स्वास्थ्यचौकीकालागि सहयोग गर्ने लगायतका योजना बनाएको नेपालस्थित सदस्य मुना राईले जानकारी दिनु भयो ।