माघ–२९, नेपाल शिक्षक युनियन खोटाङको अध्यक्षमा मेघनाथ घिमिरे सर्वसहमतीले चयन हुनुभएको छ । 
सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च माविको सभाहलमा सम्पन्न तेश्रो जिल्ला अधिबेशनले चौथो कार्यकालका लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । २२ सदस्य रहेको समितिको रहेको समितिको महिला उपाध्यक्षमा सविता ढकाल रहनुभएको छ भने, संस्थापक उपाध्यक्षमा केशरकुमार राई र प्रेमकुमार श्रेष्ठ रहनुभएको छ । 
सचिवमा जयन्ती राई, सहसचिवमा रोशन ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्र राई रहनुभएको छ । सोमबार सम्पन्न अधिबेशनले आगामी राष्ट्रिय महाधिबेशनका लागि आठ जना केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको सहकर्मी गोविन्द कटवालले जनाएका छन् । विन्दा थापा, खगेन्द्र खत्री, खम्बराज राई, टेकबहादुर क्षेत्री, जगन्नाथ न्यौपाने, प्रविना राई, देवेन्द्र अधिकारी र सहरमान राई रहनुभएको छ । 
‘गुणस्तरीय शिक्षा हाम्रो अभियान, सृजनशिल शिक्षक र पेसागत सम्मानका लागि तेश्रो जिल्ला अधिबेशन’ भन्ने नाराका साथ युनियनका केन्द्रीय अध्यक्ष दिलबहादुर जोशीले अधिबेशनको आइतबार उद्घाटन गर्नुभएको थियो ।