बैशाख–१७, माझकिरात भनेर चिनिने पुर्बी पहाडी जिल्ला खोटाङमा उभौलीको रौनक शुरु भएको छ ।
साकेला उभौली यले सम्वत ५०७८ को अवशरमा सोमबार किरात राई यायोक्खा यायोक्खा जिल्ला कार्य समितिको दिक्तेलबजारस्थित कार्यालय परिसरमा पितृ भूमिको बिधिवत पूजाआजा गरिएपछि साकेला उभौलीको उल्लास शुरु भएको हो ।
अन्नबाली तथा भूमिको पूजा गरी साकेला शिली नाच्दै एक महिना दिनसम्म मनाईने उभौलीको पहिलो दिन किरात राईहरुको ऐतिहासिक थलो मझुवागढीमा धुमधाम साकेला शिली नाचिएको छ ।
उभौलीको पहिलो दिन हजारौं किरातीहरु मझुवागढीमा पुगेर साकेला शिली नाचेको यायोक्खाकी अध्यक्ष अञ्जना राईले बताउनुभयो ।
किरात राई समुदायको घनाबस्ती रहेको जिल्लाका बिभिन्न गाउँहरुमा धुमधामका साथ साकेला नाच्दै उभौली मनाईएको छ ।
किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला चाड अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा एक/एक महिना दिनसम्म मनाउने गरिन्छ ।
प्रकृतिपूजक किरातीहरुले अन्नबाली सप्रियोस, सुब्यभाब्य होस, रोगब्याधी नलागोस भन्दै यो चाड मनाउने गर्दछन् ।
तस्बिर /रामधन बेदना