फागुन–४, बालबालिका तथा अपांगलाई निर्देशिका अनुशार बजेट बिनियोजन नगरिएको भन्दै खोटाङको धितुङस्थित बाल मञ्च र आपाङ्ग सेवा संघले पुनः गाउँ परिषद गर्न माग गरेका छन् । 
बुधबार सम्पन्न भएको गाउँ परिषदमा आफूहरुका लागि निर्देशिका अनुशार बजेट बिनियोजन नगरिएको भन्दै उनीहरुले पुःन परिषद दोहो¥याउन माग गरेका हुन् । 
आफूहरुका लागि आएको बजेट कटाएर विकासे योजनामा लगाइएकाले आफूहरुले पुनः गाउँ परिषद गर्न र आफुहरुकालागि निर्देशिका अनुशार बजेट छुट्याउन माग गरेको नवप्रतिभा बाल मञ्च धितुङका अध्यक्ष दिपेन्द्र कटवालले बताउनुभयो । 
जिल्लाका राजनैतिक दलका नेताहरुकै उपस्थिति रहेको समयमा जिल्ला विकास समितिसमक्ष ज्ञापनपत्र बुझाउँदै बाल मञ्च र आपाङ्ग सेवा संघका पदाधिकारीहरुले तत्काल गाउँ परिषद् गरिनुपर्ने र आफ्नो बजेट सुरक्षित गर्न माग गरेका छन् । कटवालले आफूहरुको मागलाई वेवास्ता गरे चरणवद्ध आन्दोलन गर्ने बताउनुभयो । 
उता, स्थानीय विकास अधिकारी युवराज अधिकारीले निर्देशिकाभन्दा बाहिर गएर रकम बिनियोजन गर्न नमिल्ने र त्यसो गरिएको पुष्टि भएमा कारबाही अगाडि बढाउने बताउनु भयो । 
नवप्रतिभा बाल मञ्चका अध्यक्ष दिपेन्द्र कटवाल, सदस्य अनिश कार्की,  अपाङ्ग सेवा संघका अध्यक्ष यसोदा क्टवालगायतको डेलीगेसन टोलीले जिल्ला विकास समिति समक्ष  ज्ञापापत्र बुझाएको हो ।