फागुन–५, उपभोक्ता समितिकै पदाधिकारी र डन समुहको संलग्नतामा मजदुरहरुबाट १५ प्रतिशतका दरले कमिसन लिएको पुष्टि भएपछि खोटाङको महुरे–फोक्सिङ्टार सडक निर्माणको काम रोकिएको छ । 
गत माघ–३ गते जिल्लाकै डनहरूले उपभोक्ता समितिका अध्यक्ष लालबहादुर राई, सचिव शिव राई र कोषाध्यक्ष निर्मला राईसँगको मिलेमतोमा सात लाख १५ हजार रूपैया कमिसन लिएको खुलासा भएपछि काम रोकिएको श्रोतले जनाएको छ । 
उपभोक्ता समिति आफै विवादमा मुछिएपछि काम रोकिएको जिल्ला बिकास समिति स्रोतले जनाएको छ । 
कमिसन प्रकरणमा मुछिएका उपभोक्ता समिति पदाधिकारीले फागुन २० गतेभित्र रकम बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् । कमिसन प्रकरणमा संलग्न तीनै जनालाई माघ २३ गते प्रहरीले पक्राउ गरी जिल्ला बिकास समितिलाई बुझाएपछि २० गतेभित्र रकम बुझाउने प्रतिबद्धता जनाएका हुन् । 
स्रोतका अनुसार उनीहरूको संलग्नतामा लिएको सात लाख १५ हजार रूपैंया“मध्ये करिब दुई लाख ५० हजार रुपैया“ फिर्ता गर्न बाँकी छ । उनीहरुले उपभोक्ता व्यवस्थापन खर्च एक लाख ९३ हजार सात सय र उपभोक्ता आकस्मिक कोष अन्तरगतको एक लाख २९ लाख एक सय ३४ मध्ये ५५ हजार दुई ४४ रूपैंया“ बुझाउन बा“की छ । आकस्मिक कोषको ७३ हजार आठ सय ९१ रूपैया“ भने उनीहरुले बैंकमा दाखिला गरिसकेका छन् ।