फागुन–५, ‘खोटाङ सुगम स्टार’ सचिन राईलाई किरात राई बिद्यार्थी संघ खोटाङले आफ्नो चौथो अधिबेसनको अवशर पारेर सम्मान गरेको छ । 
गत पुसको तेश्रो हप्ता भएको ‘खोटाङ सुगम स्टार’को फाईनल अडिसनबाट सुगमस्टार बन्न सफल हुनुभएको थियो । 
सुगम स्टारपछि हाल नेपाल आइडलकालागि टप ट्वान्टीमा नाम निकालेका राईको सांगीतिक सफलताको कामना गर्दै संघले सम्मान गरेको हो । 
सचिनलाई संघका केन्द्रीय अध्यक्ष धिरेन्द्र रुम्दालीले शिरमा सेतो फेटा लगाइदिएर सम्मानपत्र प्रदान गर्नु भएको छ । 
बाम्राङ–५ का सचिनले पुस–२० गते बतासेस्थित भँडारेघाटमा सम्पन्न ‘खोटाङ सुगम स्टार’को फाईनल अडिसनमा गायनका २६ जना प्रतिष्पर्धीहरुलाई उछिन्दै प्रथमस्थान प्राप्त गर्नु भएको थियो । सुगमस्टार राई रुपाकोट रेडियोका प्राबिधिक एबं सञ्चारकर्मी हुनुहुन्छ । 
किरात राई बिद्यार्थी संघले सुगम स्टारसँगै खोटाङका सामुदायीक बिद्यालयबाट सबैभन्दा बढि अंक ल्याएर एसएलसि उत्तिर्ण गर्ने छात्र प्रमोद राईलाई पनि सम्मान गरेको छ । 
संघले २०६८ सालको एसएलसि परिक्षामा सबैभन्दा बढि अंक ल्याएर एसएलसि उत्तिर्ण गर्ने साबित्रा माबि बाम्राङका छात्र प्रमोदलाई पनि सम्मान गरेको हो । जिल्लाका ८४ वटा सामुदायीक माबिमध्येबाट सबैभन्दा बढि ७४ दशमलब ७५ प्रतिशत अंक ल्याएर एसएलसि उत्तिर्ण गर्नु भएका छात्र राईलाई फेटा ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । 
सामुदायीक बिद्यालयमा अध्यायन गर्ने बिद्यार्थीलाई प्रोत्साहित गर्दै उच्च शैक्षिक सफलताकालागि संघले एसएलसिका उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरेको जनाएको छ । 
‘बिभेदरहित, बैज्ञानिक र व्यवसायीक शिक्षाको लागि हाम्रो आन्दोलन, संघीय नेपालमा किरात स्वयत्त राज्य निर्माणकालागि चौथो जिल्ला सम्मेलन’ भन्ने नारासहित शनिबार सम्पन्न किरात राईको अधिबेसनले उद्धिम चामलीङको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ ।