
फागुन–७, दैबीप्रकोपमा परेका सर्वसाधारणको उद्धार गर्नकालागि खोटाङमा पाँच मुरी अन्न तथा नगद दुई हजार संकलन भएको छ ।
दैवीप्रकोप पिडित सर्वसाधारणको उद्धारकालागि बाँझेच्यानडाँडास्थित चण्डेश्वरी निमाविका जुनियर रेडक्रस सर्कलले पाँच मुरी अन्न तथा नगद दुई हजार संकलन गरेको हो ।

‘प्रकोप पुर्व तयारी, हाम्रो जिम्मेवारी’ भन्ने नाराकासाथ सर्कलमा आवद्ध शिक्षक तथा विद्यार्थीको टोलीले विद्यालय सेवा क्षेत्रभित्रका अबिभाबकका घर–घरमा पुगेर मुठी दान संकलन गरेको हो । राहत जगेडा गर्नकालागि संकलन गरिएको अन्न तथा नगद दानलाई सर्कलको कोषमा राखिएको विद्यालयले जनाएको छ ।