फागुन–८, प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णयको विरोध तथा दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकताको रिहाईको माग गर्दै नेकपा–माओवादीले गरेको बन्दका कारण आज खोटाङमा पनि जनजीवन प्रभावित भएको छ ।

नेकपा–माओवादीका कार्यकर्ताले खोटाङका सवारी साधन, बिद्यालय, बजार तथा पसल बन्द गरेका छन् ।

बिहानैदेखि सवारी साधन, बजार तथा पसल बन्द गरेपछि दित्तेल बजार सुनसान जस्तै भएको छ ।

यता राजधानी लगाय देशका मुख्य शहरहरु पनि सुनशान छन् भने यातायत, विद्यालय, बजार, कलकारखाना पनि ठप्प छ ।

बिहान ६ बजेदेखी बन्द सुरु हुने भनिएपनि बन्दकर्ताले बिहान करिब ५ बजे तिरै सञ्चारमाध्यमका सवारी साधानमा समेत तोडफोड गरेका छन् ।

बन्दकर्ताले नया बानेश्वरमा ढुंगा प्रहारगरी कान्तिपुर टेलिभिजनको बा ८ च ८२१ र सगरमाथा टेलिभिजनको बा ५ च ८७२७ नम्बरको भ्यानको झ्यालका सिसा फुटाईदिएका छन् ।

यस्तै बन्दकर्ताले राजधानीको मित्रपार्कमा बा १ ज ८३१८ नम्बरको ट्याक्सी र बनस्थलिमा वा ४ छ ८१०१ नम्बरको गंगला अस्पतालको गाडी, वा १ ख १७७१ नम्बरको माईक्रो बस, नयाँ बजारमा बा १ ज १५३८ नम्बरको ट्याक्सी र शंखमुलमा बा ६ च ८६९४ नम्बरको कारमा तोडफोड गरेका छन् ।

यसैविच धनकुटाको वेलहरामा ३ वटा ट्रकमा तोडफोड गरिएको छ ।

वन्दको अवज्ञा गरेको भन्र्दै वन्दकर्ताले को १ ख २१९४, ना ४ ख ४४१७ र ना ४ ख ५६९ नम्बरका ट्रकमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै धरान, पोखरा लगायतका ठाउँमा पनि बन्दको अवज्ञा गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले यातायातका साधनमा तोडफोड गरेका छन् ।

बन्द गराउदै हिड्ने ७ जनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ ।
दोन्द्धकालिन घटना उठाएर आप्ना कार्यकर्तामाथी कारबार्हि गरिएको विरोध तथा चार दलिय निरंकुशताको  बिरोधमा बन्द आव्हान गरिएको नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।
बन्द साँझ ५ बजे सकिने बताइएको छ ।

उता दाङमा भने नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द फिर्ता लिएका छन् ।

सदरमुकाम घोराहीमा जारी व्यापारिक तथा पर्यटन महोत्सवलाई असर नपुर्याउन बन्द फिर्ता लिएको माओवादीले विज्ञप्तिमार्फत जनाएको हो । बन्द फिर्तापछि दाङमा यातायात सुचारु भएको छ भने विद्यालय तथा पसल तथा कलकारखाना पनि खुलेका छन् ।