
खोटाङ, बैशाख–१९, खोटाङमा बिहिबारदेखि शुरु हुन गईरहेको दोश्रो खोटाङ हलेसी खुल्ला अन्र्तराष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन बिभिन्न साँस्कृतिक झाँकी सहितको तयारी गरिएको छ । बैशाख २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटनमा बिशाल ¥याली र साँस्कृतिक झाँकी लगायतको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
उद्घाटनको क्रममा हुने बिभिन्न जातजातिको साँस्कृतिक झाँकी प्रर्दशनीको जिम्मेवारी नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समितिलाई दिईएको आयाृज कनेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।
देशबिदेशबाट सहभागी हुने अफिसियल, प्रशिक्षक, ब्यवस्थापक, खेलाडी तथा अतिथिहरुको स्वागतको लागि बिभिन्न झाँकी प्रदर्शनको तयारी गरिएको जनाईएको छ ।
जिल्लाको गौरबको रुपमा आयोजना हुन लागेको ऐतिहासिक प्रतियोगिताको उद्घाटन पूर्ब हुने ¥याली तथा झाँकीको लागि मौलिक संस्कृति झल्कने भेषभूषामा सहभागी भईदिनका लागि आदिवासी जनजाति महासंघले अनुरोध गरेको छ । महासंघ जिल्ला समन्वय समितिको अध्यक्ष हात्तिराम राईले ऐतिहासिक रुपमा शुरु हुन लागेको प्रतियोगिता उद्घाटनमा आफ्नो पहिचान झल्कने भेषभूषामा सहभागी भईदिन सबैलाई आग्रह गर्नुभएको छ ।
यता, खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा आगामी बैसाख २०, २१ र २२ गते दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि आवश्यक स्टीलको पर्मानेन्ट मञ्च, दर्शक बस्ने बाँसको प्याराफिट, कम्पाउण्डिङ, अफिसियल र निर्णयक बस्ने हल, गेट, अस्थायी शौचालय निर्माण लगायतका काम धमाधम भइरहेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा हुने प्रतियोगिताका लागि आवश्यक पुर्वाधार निर्माणमा सितोरियो खेलाडी, शुभद्रा–मदन फाउण्डेसनका विद्यार्थी, किरात राई बिद्यार्थी संघ, किरात राई कलाकार संघ, नेपाली सेनाको टोली हप्ता दिनदेखि रातदिन खटिरहेका छन् । मञ्च, प्याराफिट, प्रतियोगिता स्थल लगायत निर्माणको केही काम मात्र बाँकी रहेको आयोजकले बताएको छ ।
२०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप हालसम्मकै ठूलो धनराशीको दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न लागिएको हो ।
खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः १ लाख, ७० हजार र ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समुहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गर्ने छन् । कराते प्रतियोगीतामा नेपाली टिम, सात प्रदेश, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, भारत, भूटान, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागीता रहने अध्यक्ष राईले बताउनुभयो ।
करिब ५० लाखको खर्चमा सम्पन्न हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि जिल्ला समन्वय समितिका संयोजक बबी चामलीङको संयोजकत्वमा मूल आयोजक समिति बनाईएको छ । कराते प्रतियोगीता सञ्चालनका लागि नेपाल सितोरियो कराते महासंघले माघ १७ गते स्वीकृति प्रदान गरेको हो । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चन्दा उठाएरै प्रथम संस्करण सञ्चालन गरेको संघले सोही अनुसार दोश्रो संस्करणको तयारी गरेको हो । ‘