
फागुन– ८, खोटाङको सदरमुकाम दिक्तेलमा नवजात शिशुको शव फेला परेको छ ।

शिशुको शव क्षतबिक्षत, माटो दलिएको र नचिनीने अवस्थामा मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ । घट्नाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजीव बस्नेतले बताउनु भयो ।
बाँस लिएर आउँने क्रममा नवजात शिशुको शव भेटिएको स्थानीय पदमबहादुर परियारको भनाई छ ।