फागुन–११, अग्रगामी बिद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले मासिकरुपमा प्रकाशन गर्ने ‘अग्रगामी साहित्यीक भित्ते पत्रिका’ बिमोचन गरिएको छ । 
संघीय समाजबादी पार्टी खोटाङका सचिव मोहन गुरुङले प्रमुख अतिथिकारुपमा भित्ते पत्रिका बिमोचन गर्नु भएको हो । 
समितिले भित्ते पत्रिका बिमोचनसँगै कुसाग्रह प्रतियोगीता पनि गरेको छ । प्रतियोगीतामा नारायण रिजाल पहिलो, भीमा आचार्य दोश्रो, दिपक राई तेश्रो र सुजना खत्री शान्त्वना हुनुभएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजबादी पार्टीका जिल्ला सचिव मोहन गुरुङले संबिधानसभाको म्याद सिध्याउने ठूला दलहरुको पनि म्याद सिद्धिने दिन आइसकेको उल्लेख गर्नु भयो । 
कार्यक्रममा अग्रगामी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य युगसन किरात, जिल्ला संयोजक निर्मल राई, संघीय समाजबादी युवा संघका संयोजक टिकाराम राई, पार्टीका सचिवालय सदस्य रबिन खम्बू लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।