फागुन–११, खोटाङको नेर्पामा नेकपा एमाले गाउँ कमिटिको गाबिस स्तरिय भेला सम्पन्न भएको छ । 
नेर्पा गाउँ कमिटिका अध्यक्ष गीतामायाँ राईको अध्यक्षतामा भएको भेलाले खिनामायाँ पराजुलीको अध्यक्ष्यतमा १७ सदस्यीय अखिल नेपाल महिला संघ र पविन राईको संयोजकत्वमा ५५ सदस्यीय युवा संघको गाउँ कमिटि गठन गरेको छ । 
भेलाले बिभिन्न कार्यक्रकासाथ आगामी फागुन–२२ गते गाउँ कमिटिको अधिबेसन गर्ने निर्णय गरेको छ । 
कार्यक्रममा नेकपा एमाले खोटाङका सचिवालय सदस्यद्धय दिपनारायण रिजाल र जलशेर राई लगायतका नेता तथा कार्यकर्ताहरुले मन्तव्य राख्नुभएको गाउँ कमिटिका सचिव शान्तिराम राईले जानकारी दिनु भयो ।