फागुन–१२, खोटाङ सेवा समाज नेपालका अध्यक्ष राकेश राईले खोटाङका एक बिद्यालयलाई भौतिक निर्माणका सामग्री प्रदान गर्नुभएको छ । 
विद्यालयको भौतिक तथा शैक्षिक बिकासकालागि कुनै निकायबाट सहयोग नपाएको अबिभाबकको गुनासो सुनेपछि समाजका अध्यक्ष राईले राजापानी–५ ओखरबोटेस्थित कालिका प्राबिलाई एक लाख ५० हजार बराबरको भौतिक निर्माणका सामग्री प्रदान गर्नु भएको हो । 
खोटाङबासी राईले गाउँमै पुगेर बिद्यालयकालागि व्यक्तिगत पाँच बण्डल जस्तापाता, दुई कोठे सौचालय निर्माणका सामाग्री, खानेपानी व्याबस्थापनका लागि पाँच सय मिटर पाई, धारा निर्माणका सामाग्री तथा तीन थान ह्वाईटबोर्ड हस्तान्तरण गर्नु भएको छ । 
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य दिनेश राईले पनि बिद्यालयका दुई शिक्षकका लागि एक महिनाको तलब बराबरको रकम प्रदान गर्नुभएको बिद्यालयले जनाएको छ । कक्षा ३ सम्म पढाई हुदै आएको बिद्यालयमा हाल ४५ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।