फागुन–१५, भनिन्छ मायाँ दुई मुटुको मिलन हो । मायाँमा जातजाती, धनी गरीब केही भनिदैन, न त्यहाँ समाजको डर हुन्छ, न त घर परिवारको नै । यस्तै भावनामा जीवन बिताउने कसम खाएर एक अर्कामा समर्पित भएको एक जोडीको जीवन यात्राले यतिबेला अर्कै मोड लिएको छ । 
खोटाङको जलेश्वरी–६ की भोजकुमारी कट्वाल र सोलुखुम्बुको काँगेल गाबिसका तेजेन्द्र कटुवाल गत चैत्रमा एक अर्काको प्रेममा बाँधिए । तर तेजेन्द्रको जाली मायाँमा परेर गर्भ बसेपछि यतिबेला भोजकुमारी सोलुको फाप्लु अस्पतालमा अलपत्र बन्नु भएको छ । उहाँले शुक्रबार छोरीको जन्म दिनुभएको छ, तर श्रीमान तेजेन्द्र भने जन्मिएको बच्चा आफ्नो नभएको भन्दै काठमाडौमा पुगेका छन् । 
भोजकुमारीलाई अस्पताल ल्याउँदै गरेकी आफन्त कल्पनालाई प्रहरी तथा महिला हिंसा प्रभाबितका लागी जिल्ला सेवा केन्द्र र महिला बिकास कार्यालयले साथ दिएका छन् । प्रसुतिका लागी सहयोग गरेको भन्दै कल्पनालाई तेजेन्द्रले काठमाडौबाट फोन गर्दै धम्की दिने गरेको पिडितको भनाई छ ।
आफ्नो गर्भ नभएको भन्दै पन्छिन खोज्ने तेजेन्द्रले गत मंसिरमा प्रहरीको उपस्थीतिमा उनलाई पत्नीकोरुपमा स्वीकार गरिसकेका छन् । पत्नि स्वीकारपछि काठमाडौ बस्न थालेको तेजेन्द्रको परिवारले भोजकुमारीलाई घर नजिकै एक झुपडिमा राखिदिएका छन् । 
यता घरेलु हिंसाप्रभाबितका लागी जिल्ला सेवा सोलुखुम्बुकी अध्यक्ष एका कुमारी बस्नेतले पिडितलाई आबश्यक सहयोय जारी राख्ने बताउनु भयो । प्रहरी तथा गाउलेको माझमा श्रीमतिको रुपमा स्वीकार्ने तर प्रसुतिको बेला फरार रहेका तेजेन्द्रको खोजी भैरहेको प्रहरीको भनाई छ ।