फागुन–१७, खोटाङका जिल्लाका राजनैतिक दलका प्रमुखहरुको सहभागीतामा बसेको शिक्षा समितिको बैठकले पाँच उच्च माविका लागि २४ लाख बराबरको चारकोठे भवन बाँडेको छ । 
जिल्ला शिक्षा समितिको दुई दिनसम्म चलेको बैठकले क्षेत्र नम्बर १ का लागि ऐसेलुखर्कको त्रिभुवन उच्च मावि र डुम्रेधारापानीको देउराली मावि तथा क्षेत्र नम्बर २ कालागि दोर्पाचिउरीडाँडाको विद्योद्धय उच्च मावि, ओख्रेडाँडागाँउको महेन्द्रोद्धय उच्च मावि र फाक्टाङको बालकन्या उच्च माविका लागि चार कोठे भवन बाँडिएको हो । 
दुई दिन लगाएर चार कोठे भवनको टुंगो लगाइए पनि १२ वटा दुई कोठे भवन भने, एसएलसी परीक्षापछि मात्र बाड्ने निर्णय गर्दै बैठक टुंगिएको छ । 
अघिल्ला वर्षहरुमा जिल्लाका राजनैतिक दलहरुलाई भागबण्डामा विद्यालयको भवन बाँड्ने गरिएको आरोप लाग्दै आएको थियो ।