फागुन–१८, नेपाल विद्यार्थी संघ खोटाङको नवौं जिल्ला अधिबेशनको बन्दसत्र शुरु भएको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला विकास समितिको समिक्षालयहल शुरु भएको बन्दसत्रमा सहमतीको प्रयास भइरहेको आयोजकले जनाएको छ ।
दशौं कार्यकालका लागि सहमतीमा नेतृत्व चयन गर्ने भनिएपनि चुनावी प्रक्रियामा जाने पनि उत्तिकै सम्भावन रहेको श्रोतले जनाएको छ । अध्यक्ष पदका लागि हालसम्म निवर्तमान सचिव राजकुमार राईको पक्षमा सहमती जुटाउने प्रयास भइरहेको छ । बन्दसत्रमा जिल्लाका दुवै निर्वाचन क्षेत्र तथा क्याम्पस इकाइ समिति र जिल्ला अधिबेशन आयोजक समितिबाट एक सय ११ जना प्रतिनिधिको सहभागिता रहेको छ । 
आज सम्पन्न हुने अधिबेशनले १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । 
‘शैक्षिक विकृति विसंगती र परिष्कृत समाजका लागि हाम्रो अभियान, नेपाल विद्यार्थी संघ खोटाङको नवौं जिल्ला अधिबेशन’ भन्ने मुल नाराका साथ संघका पूर्व केन्द्रीय अध्यक्ष कल्याण गुरुङले संघको नवौं जिल्ला अधिबेशन उद्घाटन गर्नुभएको थियो ।