फागुन–१८, खानेपानी तथा सरसफाई समन्वय समिति खोटाङले जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नका लागि अभियानलाई तिब्रता दिने भएको छ । 
आगामी सन् २०१६ सम्ममा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नकालागि समन्वय समितिले आफ्नो अभियानलाई तिब्रता प्रदान गर्ने निर्णय गरेको हो । 
अभियानलाई सफल बनाउनकालागि समितिले प्रत्येक गाविसका नेता, प्राध्यापक, शिक्षक, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समुह, पारालिगल समुह, सामुदायिक वन उपभोक्ता समुह लगायतसँग पनि समन्वय गर्ने भएको छ । 
जिल्ला विकास समिति खोटाङको सभाहलमा भएको बैठकमा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि हालसम्म गरिएका गतिविधिहरुका बारेमा जानकारी दिइएको थियो ।
बैठकमा जिल्लालाई सहज तरिकाले खुल्ला दिशामुक्त क्षेत्र बनाउने उपाय र विकल्पहरुकाबारेमा पनि छलफल भएको खानेपानी तथा सरसफाई समन्वय समितिले जनाएको छ ।