फागुन–१९, नेपाल विद्यार्थी संघ खोटाङको अध्यक्षमा राजकुमार राई निर्वाचित भएका छन् । 
‘शैक्षिक विकृति विसंगती र परिष्कृत समाजका लागि हाम्रो अभियान, नेपाल विद्यार्थी संघ खोटाङको नवौं जिल्ला अधिबेशन’ भन्ने मुल नाराका साथ शुक्रवार साँझ सम्पन्न अधिवेशनबाट राईले ७८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । 
सदरमुकाम दिक्तेलस्थित पार्टी कार्यालयमा भएको मतदानमा उनका प्रत्यासी राजन भटराईले १७ मत प्राप्त गरेका छन् । यस्तै, सचिव पदमा भएको निर्वाचनमा बालाराम निरौलाले ७२ मत प्राप्त गर्दै विजयी भएका छन् । उहाँले प्रतिद्धन्दी अमृत गिरीलाई हराउँदै सचिव पदमा विजयी हाँसिल गर्नुभएको हो । उहाँका प्रतिद्धन्दी गिरीले २४ मत प्राप्त गरेका थिए । 
यस्तै, छ जना सदस्यका लागि १४ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा पाण्डव घिमिरे, नविनकाजी राई, देवराज कटुवाल, निर्मल राई, सर्मिष्टा राई र सुरेश बस्नेत सदस्यमा निर्वाचित भएका छन् भने, महाधिवेशन प्रतिनिधिमा सपना राई निर्वाचित भएकी छन् । 
निर्वाचनमा ९८ जना प्रतिनिधिले मतदान गरेका थिए । अन्य समावेशी कोटा भने, सहमतिमा चयन गरिएको छ । जसमा कमला गेलाल, अनिता राई, गोमा राई, सुमन गुरुङ, मोहन सुप्तिहाङ, जीवन खत्री सदस्य पदमा चयन भएका हुन् भने, रोजन राई र भिमसेन गुरुङ महाधिवेशन प्रतिनीधिमा चयन भएका छन् । 
यस्तै, खुल्लाबाट महाधिवेशन प्रतिनिधिमा दिनेश घिमिरे, उद्धव राई र भरत राई सहमतिमा नै चयन भएका छन् । संघका पूर्व केन्द्रीय अध्यक्ष कल्याण गुरुङले संघको नवौं जिल्ला अधिबेशन बिहिवार उद्घाटन गर्नुभएको थियो ।