फागुन–२२, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता कोईरालाले प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बन्न नहुने बताउनु भएको छ । 
नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर–२ ले मंगलबार हलेसीमा आयोजना गरेको ‘लोकजागरण सभा’लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कोईरालाले यस्तो बताउनु भएको हो । 
पुर्वउपप्रधान मन्त्री समेत रहेका कोईरालाले प्रधानन्यायधिस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बने कांग्रेसले त्यसको बिरोध गर्ने उल्लेख गर्नु भयो । उहाँले प्रधानन्याधिसको नेतृत्वमा नभइ कुनै एक दलको नेताको नेतृत्वमा मात्र चुनावी सरकार निर्माण गर्नुपर्ने बताउनु भयो । कांग्रेसले मुलुकमा राजनैतिक क्रान्ती गरिसकेको उल्लेख गर्दै कोईरालाले आगामी दिनमा आर्थिक क्रान्तीको आवश्यकता औंल्याउनु भयो । 
कार्यक्रममा पुर्वसंस्कृति मन्त्री एबं कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केशी, केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे र मिना पाण्डेले पनि सम्बोधन गर्नु भएको थियो ।