फागुन २८ – सामान्यतया मानिसको मृत्यु भएकै दिन क्रिरियापुत्री बस्ने चलन छ । तर, त्यसो भएन खोटाङ बाम्राङका एक थापा परिवारमा । बाम्राङ–७ का ५३ वर्षीय तीलबहादुर थापाको मृत्यु भएको झण्डै १५ वर्षपछि काजक्रिरिया थालिएको छ ।

२०५५ साल असोजमा बेपत्ता भएका थापाको मृत्यु भएको पुष्टी भएपछि काजक्रिरिया थालिएको हो । घरबाट हिँडेको केहीदिनमै उदयपुरको सिम्लेखोला दोभान नजिक सुनकोशी नदीमा मृत भेटिएको पुष्टी भएपछि परम्पराअनुसार अन्तिम काजक्रिया थालिएको मृतकका हकवाला भाइ अम्बरबहादुर थापाले बताउनुभयो ।

कृपाशुर थापाका छोरा तीलबहादुरको मृत्यु भएको पुष्टी भएपनि उनका आफन्त कोही नभएकाले आफूहरुले काजक्रिरिया थालेको अम्बरबहादुरको भनाई छ ।