चैत्र–१, खोटाङमा पहिलोपल्ट चार दृष्टिबिहिन बिद्यार्थी एसएलसि परिक्षामा सामेल भएका छन् । 
बिहिबारदेखि शुरु भएको एसएलसि परिक्षामा सदरमुकाम दिक्तेलस्थित पञ्च माबिका पुष्पा राई, सोम मगर, प्रबिर राई तथा कालिका माबि खार्मीका भक्त बिश्वकर्मा सामेल हुनुभएको हो । 
पुष्पा, सोम र प्रबिरले दिक्तेलस्थित सरस्वति उच्च माबि परिक्षा केन्द्र र भक्तले जालपा माबि परिक्षा केन्द्रबाट एसएलसि परिक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । 
जिल्लाका २१ वटा परीक्षा केन्द्रबाट ४ हजार ६० नियमित र २ हजार ६७ जना आंशिक गरि कुल ६ हजार ३ सय २७ परिक्षार्थीले एसएलसि परिक्षा दिइरहेको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनु भयो ।