खोटाङ बैसाख–२२, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश निर्वाचनमा पदााधिकारीको दुई उम्मेदवारले खोटाङबाट शुन्य मत प्राप्त गरेका छन् ।  शनिबार जिल्ला सदरमुकाम दिक्तेलबजारमा सम्पन्न निर्बाचनमा महासचिबको उम्मेदवार कमान देवान र समाबेशी सचिबको उम्मेदवार शन्तबिर लामाको लागि एकै मत पनि नआएको हो ।
यस्तै, अध्यक्ष लगायत ४ जना उम्मेदवारले एक÷एक मत मात्र प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ । निर्बाचनमा अध्यक्षको उम्मेदवार गोपाल देवान, उपाध्यक्षको उम्मेदवार बिजय खतिवडा, खुल्ला सदस्य फिपराज लिम्बु र मधेसी सदस्यको उम्मेदवार श्यामसुन्दर सुतिहारको लागि १÷१ मत मात्र खसेको मुख्य निर्बाचन अधिकृत कृष्ण आचार्यले बताउनुभयो । 
कुल ३७ मतदाता रहेको जिल्लाबाट प्रदेश नम्बर १ का अध्यक्षका उम्मेदवार बिक्रम लुइटेलको र उपाध्यक्षमा सोमनाथ सुसेलीको पक्षमा ३५÷३५ मत प्राप्त भएको बताईएको छ ।  महिला उपाध्यक्ष स्मिता निरौलाको पक्षमा ३१ र मनिता चाम्लिङको पक्षमा ५ मत खसेको मूख्य निर्वाचन अधिकृत आचार्यको भनाइ छ । 
महासचिवका उम्मेद्वार बिबेक गौतमको पक्षमा ३६ मत र समाबेशी सचिवका उम्मेद्वार बुद्धबीर राईको पक्षमा ३६ मत खसेको छ ।  
बरिष्ठ पत्रकार आचार्य प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा अधिबक्ता नारायणदास राई र पत्रकार सुनिता मगरले निर्वाचन अधिकारीको भूमिका निर्वाह गरेका थिए । केन्द्रीय प्रतिनिधि गणेश निरौलाको उपस्थितिमा दिक्तेलको भवनगैरास्थित होटल श्रेष्ठमा मतदान गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । 
जिल्लाका ३७ मतदाता रहेकोमा २ मतदाता अनुपस्थित रहेको निर्बाचन समितिले जनाएको छ ।