पूर्व सभाषद भगवती कार्की (अस्मिता) । जसलाई खोटाङ जिल्लाबासीले विघटित संविधानसभाको चुनावमा प्रत्यक्ष रुपमा जिताएर पठाएका थिए ।

उनको पहिले नै पारिवारिक रुपमै विवाह सम्पन्न भईसकेको भए पनि उनी काठमाडौँ आएपछि पूर्व जनमुक्ति सेना शितल सहयात्रीसँग दोस्रो विवाह गर्न पुगिन् । उनले युद्धकालभरी पहिलो श्रीमान (जो भारतीय सेना पनि हुन्) लाई दोस्रो विवाह गरे मारिदिने धम्की दिए पनि पछि आफैँ दोस्रो विवाह गर्न पुगेकी थिइन् ।

हाल प्रचण्ड नेतृत्वको एमाओवादीमा रहेकी उनले युद्धकालिन समयमा खोटाङमा दोस्रो विहे गर्ने र पाइन्ट लगाउने युवतीहरु थुप्रैलाई भाटे कारबाही गरेकी थिइन् । तर अहिले आफैँले दोस्रो विवाह पनि गरेको र पाइन्ट समेत लगाएर हिड्ने गरेकाले खोटाङबासी धेरैले उनलाई राम्रो मान्दैनन् । उनका दाजु भाउजु भने युद्धकालमै शहिद बनेका थिए । उनको जुन फोटो उनका वर्तमान श्रीमानले फेसबुकमा अपडेट गरेका हुन् । जहाँ लेखिएको छ- ‘उनी जव खुलेर हास्छिन…’