चैत्र–११, जिल्ला विकास समितिले भलिबल प्रतियोगीता सञ्चालन गर्नकालागि आर्थिक सहयोग नगरेको भन्दै खोटाङ स्पोर्टस क्ल्वले खेद प्रकट गरेको छ । आगामी चैत्र–२७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय भलिबल प्रतियोगीता सञ्चालनकालागि जिल्ला विकास समितिले आर्थिक सहयोग नगरेको भन्दै खोटाङ स्पोर्टस क्ल्वले खेद प्रकट गरेको हो । 
भलिबल प्रतियोगीता प्रायोजनकोलागि प्रस्ताब लैजाँदा आफुहरुको प्रस्तावलाई जिल्ला विकास समितिले अस्वीकार गरेको भन्दै क्लवले आपत्ती जनाएको हो । खोटाङ स्पोर्टस क्लवका सचिव युवराज राईले आईतबार बिज्ञाप्ती प्रकाशित गर्दै प्रतियोगीताकालागि जिल्ला विकास समितिले आर्थिक सहयोग गर्न बेवास्ता गरेको, जिल्ला परिषदबाट खेलकुदकालागि छुट्याइएको बजेटका विषयमा जानकारी दिन नमानेको र खेलकुदलाई निरुत्साहित गर्न खोजेको आरोप लगाउनु भएको छ । 
‘जिल्लाका सबै दलहरुको समर्थन रहँदारहँदै पनि स्थानीय बिकास अधिकारीले मागलाई बेवास्ता गर्नु सरकारी निकायको गैर–जिम्मेवारपन भएको ठहर गर्दछौँ ।’,–विज्ञाप्तीमा भनिएको छ । प्रायोजकको अपेक्षा गरेका स्पोर्टस क्लवलाई जिल्ला विकास समितिले २५ हजारमात्र दिन सकिने बताएपछि क्ल्वका पदाधिकारीहरु आक्रोशित बनेको श्रोतको भनाई छ । 
आगामी २०७० मा पुर्वाञ्चलमा हुने बृहत राष्ट्रिय खेलकुद प्रतियोगीताको सातौं संस्करणलाई लक्ष्यीत गर्दै खोटाङ स्पोर्टस क्ल्वले जिल्लामा भलिबल प्रतियोगीता सञ्चालनको तयारी गरिरहेको छ । बृहत राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाको द¥हो उपस्थितिकालागि पुर्वतयारी स्वरुप भलिबल प्रतियोगीता गर्न लागिएको खोटाङ स्पोर्टस क्ल्वले जनाएको छ ।