चैत्र–१३, खोटाङको बाम्राङका महिला कृषकहरुले आफुले लगाएको बालीनालीहरुको बीमा गराइदिन माग गरेका छन् । वातावरण तथा कृषि नीति अनुशन्धान प्रसार एवम् विकास केन्द्र सिप्रेडको तरकारी बीउ आयोजनाको अनुगमनका लागि जिल्लाबाट पुगेका कृषि विकास कार्यलयका प्रतिनिधि, सिप्रेड प्रतिनिधि, पत्रकारलगायतका अनुगमन टोलीलाई बीमा गराइदिन माग गरेका हुन् । 
आफूहरुले मेहनतकासाथ बालीनाली लगाएपनि प्राकृतिक प्रकोपका कारण फाईदा लिन कठिन भएको भन्दै बालीको बीमा गराइदिन आग्रह गरेका हुन् । बाम्राङ–५ सामातुङका कृषक देवी राई भन्नुहुन्छ, ‘दुःखका खेती ग¥यो, फल लिने बेला प्राकृतिक प्रकोपले बाली नष्ट गरिदिन्छ, बीमा नगराई नहुने भो ।’ 
यस्तै, प्याजको बीउ उत्पादन गरिरहनुभएका अर्का कृषक बिन्दा राईले पनि बालीको बीमा भए ढुक्कसँग खेतीलाई बढाउदै लाने सोच भएको बताउनुभयो । हाल खोटाङको बाम्राङ–५ सामातुङमा वातावरण तथा कृषि नीति अनुशन्धान प्रसार एवम् विकास केन्द्र सिप्रेडले तरकारी बीउ आयोजना सञ्चालन गरिरहेको छ । २१ घरधुरी सम्मिलित जागरण तरकारी बीउ उत्पादन कृषक उप–समितिमार्फत कृषकहरुले प्याज, ब्रो काउली, भक्तपुरे लोकल कक्रा, चौमासेसिमी, केराउ, लोकल सिमी, लौकालगायतको बीउ उत्पादन गरिरहेका छन् । 
वातावरण तथा कृषि नीतिअनुशन्धान प्रसार एवम् विकास केन्द्र सिप्रेडद्धारा सञ्चालित तरकारी बीउ आयोजना कार्यक्रम अन्तर्गत बीउ–बालीको गुणस्तर सुनिश्चित गर्न गरिएको अनुगमनमा कार्यक्रम प्रभावकारी रहेको पाइएको छ ।
कृषि विकास कार्यलयका प्राविधिक सहायक उमेश्वर झा, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव सुर्य तामाङ, सिप्रेडका जिल्ला म्यानेजर महेश पौडेल, सिड सुपरभाईजर मोतीमान लिम्बु, बीउ सहजकर्ता गीता राईलगागयतको टोलीले अनुगमन गरेको हो ।