चैत्र–१३, समाजले बहिस्कार गरेपछि खोटाङमा एक युवती बच्चासहित बिचल्लीमा परेकी छन् । श्रीमान बिदेशमा रहेको समयमा परपुरुषसँग लागेको आरोपमा समाजले बहिस्कार गरेपछि  याम्खा–९ की २५ वर्षीया निकिता राई तीन वर्षीय बच्चासहित बिचल्लीमा पर्नुभएको हो । स्थानीय सुवाश राईसँग शारिरीक सम्वन्ध कायम गरेको आरोपमा परिवार र आफन्तले उनलाई गत फागुन–१३ गते बहिस्कार गरेको जिल्लामा कार्यरत महिला मानव अधिकारकर्मीहरुले बताएका छन् । 
निकिताकी श्रीमान अनिल राई कतार गएको समयमा परपुरुषसँग बसिरहेको भेटिएपछि बहिस्कार गरिएको परिवारको आरोप छ । सामाजले बहिस्कार गरेपछि तीन वर्षीय छोरा एन्सनसँग आफू माइती घर लफ्याङमा बस्दै आएको निकिताले बताउनुभयो । सामाजिक बहिस्कारमा परेकी निकिताले दुःख मान्दै भन्नुभयो, सुवाश मोबाइलको वेलकम लेटर लिन मेरो कोठामा आएको अवस्थामा आफ्नै सासुले ढोकाबाहिरबाट छेस्केनी लगाएर कोठा थुनेर फसाएको हो ।’ निकिताले प्रहरीसामु भन्नुभयो, ‘परिवारको कुरालाई लिएर समाजले बहिस्कार गरेका छन्, तपाईहरुले छानविन गरिदिनुप¥यो ।’ 
बहिस्कारमा परेकी निकिताले न्यायकालागि जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिनुभएको छ । छिमेकीले सुवाशको जिम्मा लगाएपनि सुवाश भने फरार भएका छन् । सुवाश फरार भएपछि निकिता र उनको बच्चाको झनै बिचल्ली भएको हो ।