चेत्र–१६, नेपाल मगर संघ अर्खौलेको अध्यक्षमा सर्वधन मगर सर्वसहतीमा चयन हुनुभएको छ । अर्खौले गाविसको नवलपुरमा सम्पन्न संघको प्रथम गाउँ अधिबेशनले सर्वधन मगरको अध्यक्षतामा १५ सदस्यीय गाउँकार्य समिति सर्वसहमतीमा चयन गरेको हो । 
संघको उपाध्यक्षमा सिंहबहादुर आलेमगर, सचिवमा डिकबहादुर मगर, सहसचिवमा मिना खपाङ्गीमगर र कोषाध्यक्षमा उत्रसेर आलेमगर चयन हुनुभएको छ । 
यस्तै, सुर्यबहादुर आलेमगरको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन भएको संघले जनाएको छ । 
संघका सगरमाथा अञ्चल समन्व समिति सदस्य हस्तबहादुर रानामगरको प्रमुख आतिथ्यमा भएको अधिबेशनमा जिल्ला अध्यक्ष जुद्ध पुलामीमगर, छिमेकी गाविसका अध्यक्षहरु, संघसंस्थाका पदाधिकारी, एकीकृत नेकपा माओवादीका खड्गबहादुर राई, नेपाली काग्रेसका कमल श्रेष्ठ, नेकपा एमाले अञ्चल कमिटि सदस्य पिके राईलगायतको उपस्थिति रहेको थियो ।