चेत्र–१६, क्याम्पस प्रशासन र विद्यार्थीबीच तीन वुदे सहमती भएपछि तीनदिनदेखि बन्द रहेको खोटाङको खार्पास्थित रावा क्याम्पस खुल्ला भएको छ । 
प्राध्यापकहरुले नियमित पठनपाठन गराउने, चैत्र मसान्तभित्रमा सञ्चालक समितिको बैठक बसेर पुस्तकालयको व्यवस्थापन गर्ने र भौतिक व्यवस्थापनका लागि तत्काल पहल गर्ने विषयमा सहमती भएपछि बुधबारबाट बन्द रहेको क्याम्पस शुक्रबारबाट खुल्ला भएको हो । 
विद्यार्थीहरुले उठाएको माग आफूहरुले सम्बोधन गरेपछि शुक्रबारदेखि पठनपाठन समेत शुचारुभएको निमित्त क्याम्पस प्रमुख चुँडामणि रेग्मीले बताउनुभएको छ ।
परीक्षा हुने समय भइसक्दा पनि आफूहरुको पाठ्यक्रम नसकिएको भन्दै तीनदिने अल्टिमेटम सहित विद्यार्थीहरुले क्याम्पस बन्द गराएका थिए । स्नातक तहसम्म पढाइ हुने रावा क्याम्पसमा हाल दुई सय ५० बढि विद्यार्थीहरु अध्ययनरत छन् ।