चैत्र–१८, शिक्षाको भवन वितरणमा ठूला तीन राजनीतिक दलले भागबण्डा गरेको भन्दै साना पाँच दलले शिक्षा समिति खोटाङको बैठक बहिस्कार गरेका छन् ।

एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस र नेकपा एमालेले आफू अनुकूल भवन बितरण गरेको भन्दै जिल्लास्थित शनिबारको बसेको सर्वदलीय बैठक बहिस्कार गरेका हुन् ।

राप्रपा नेपाल, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी, नेकपा एकीकृत, नेकपा–माओवादी र संघीय समाजवादी पार्टीले भागबण्डामा वितरण गरिएको कोठा रद्द नगरुन्जेल शिक्षा समितिको बैठक बहिस्कार गरेको नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्य देवी रिजालले बताउनुभयो ।

शिक्षा कार्यालयमार्फत बितरण हुने दुईकोठे भवनको बारेमा तीन दिनदेखि बैठक जारी रहे पनि शुक्रबार राती एमाओवादी, कांग्रेस र एमालेले वितरण गरेको थाहा पाएपछि आफूहरुले बैठक बहिस्कार गरेको रिजालको भनाइ छ ।