चैत्र–२७, खोटाङ सदरमुकाम दिक्तेलमा हालसम्मकै ठूलो धनराशी भएको जिल्ला स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । 
खेल क्षेत्रको बिकास र खेलाडीहरुलाई व्यवसायिक बनाउने उद्धेश्यले ‘भिजन सेभेन्थ’को अवधारणा अनुशार खोटाङ स्पोर्टस क्लवले सर्वाधिक राशीको जिल्लाव्यापी पुरुष भलीबल प्रतियोगीता शुरु गरेको हो । 
देश तथा बिदेशमा रहेका खोटाङबासीबाट स्वेच्छिक सहयोग उठाएर आयोजना गरिएको प्रतियोगीतामा जिल्लाका १४ समुहले प्रतिष्पर्धा गरिरहेका क्लवका अध्यक्ष बिबेक राई ‘बिकी’ले बताउनु भयो । मंगलबारदेखि चार दिनसम्म सञ्चालन हुने प्रतियोगीताको उद्घाटन खेलमा फुलपाती सेवा समाज पाथेकाले बोपुङ गाबिसलाई हराउँदै बिजयी यात्रा शुरु गरेको छ । 
स्थानीय माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ५० हजार, दोश्रो हुने समुहले ३० हजार, तेश्रो हुने समुहले २० हजार र शान्त्वना स्थान प्राप्त गर्ने समुहले नगद १० हजारका साथमा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने छन् । यस्तै, उत्कृष्ट खेलाडीलाई नगद ५ हजारकोसाथमा शिल्ड र प्रमाण पत्र, बेस्ट स्पाइकर, बेष्ट सरभर, बेष्ट  लिफ्टर, बेष्ट डिफेन्डर र बेष्ट ब्लकरलाई नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका प्रबक्ता विधान थापाले बताउनु भयो । 
आगामी २०७० मा पुर्वाञ्चलमा हुने बृहत राष्ट्रिय खेलकुद प्रतियोगीताको सातौं संस्करणलाई लक्ष्यीत गर्दै जिल्लाव्यापी लिबल प्रतियोगीता गरिएको सल्लाहकार पेम्बा तामाङले जानकारी दिनु भयो । बृहत राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाको द¥हो उपस्थितिकालागि पुर्वतयारी स्वरुप भलिबल प्रतियोगीता गरिएको खोटाङ स्पोर्टस क्लवले जनाएको छ ।  
प्रतियोगीताकालागि हङ्कङस्थित हलेसी क्लबले प्रथम पुरस्कार, खोटाङ सेवा समाज कोरियाले दोस्रो, खोटाङ सेवा समाज कतारले तेस्रो तथा खाल्लेका खगेन्द्र राईले शान्त्वना पुरस्कारको प्रायोजन गरेका छन् । 
दिक्तेलस्थित दूधकोसी ट्रड एण्ड सप्लायर्सका प्रोपाइटर प्रकाश थापाले मेन अफ द म्याचको तथा दिक्तेलस्थित बुङ्गा टे«डका प्रोपाइटर भोगेन्द्र राईले बेस्ट स्पाइकर, बेष्ट सरभर, बेष्ट  लिफ्टर, बेष्ट डिफेन्डर र बेष्ट ब्लकरको प्रायोजन गर्नु भएको छ । 
त्यस्तै निर्मलीडा“डा घर भइ हाल हङ्कङमा बसिरहनु भएका नरभूपाल राई, बाम्राङका मणीकुमार राई र काठमाडौं चक्रपथका शुष्मा राईले मेन अफ द म्याचकालागि दुई÷दुई सेट र खोटाङ सुनसरी सरोकार समाजले दश सेट जर्सी प्रायोजन गरेको क्लवले जनाएको छ । यस्तै, रविन राईले चार सेट र कृष्ण राईले एक सेट भलिबल उपलब्ध गराउनु भएको छ ।