बैशाख–५, जिल्लाका गुण्डाहरूले कान्तिपुरकर्मी डम्बरसिं राईलगायत जिल्लाका तीन सञ्चारकर्मीमाथि ज्यान मार्ने धम्की दिएका छन् । 

महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत भडारेघाटस्थित सडक मजदुरको रकम लुट, काष्ठ व्यवसायीमाथि कुटपिट, मात्तिम गाउ“फर्क सिंचाइ आयोजनामा गुण्डाको अवरोधलगायतको समाचार लेखेपछि ज्यान ज्यान मार्ने धम्की आएको हो । 
यसबारे नेपाल पत्रकार महासंघ खोटाङ शाखाले प्रहरीसमक्ष सुरक्षाको माग गर्दै उजुरी दिएको छ । विभिन्न चरणमा जिल्लाका सञ्चारकर्मीहरुलाई समाचार लेखेकै कारण धम्की आउने गरेपछि पत्रकार महासंघले सुरक्षाको प्रत्याभूति दिलाइपाउँ भन्दै उजुरी दिएको हो । 
उता, जिल्ला प्रहरी कार्यालय खोटाका प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले यसबारेमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।