खोटाङ बैसाख–२७, खेलको माध्यमबाट खोटाङको प्रतिष्ठा कायम गराउने उदेश्यले आयोजना गरिएको सर्वाधिक धनराशीको अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज दुई खेल हुँदैछ । दिक्तेलबजारको माटिकोरेमा हिजो उद्घाटित प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र हलेसी तुवाचुङ स्पोर्टस क्लबबीच हुने आयोजकले जनाएको छ । 
दिनको १ बजेबाट शुरु हुने उक्त टीमबीचको प्रतिस्पर्धा सकिए लगत्तै खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लबबीच अर्को प्रतिस्पर्धा हुने बताईएको छ । 
आगामी बैसाख ३१ गतेसम्म सञ्चालन हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा काठमाण्डौं, भोजपुर लगायत १२ टिमको सहभागिता रहेको छ । 
दिक्तेलको माटिकोरे खेलमैदानमा भएको उद्घाटन खेलमा रुपाकोट फुटबल क्लव (आरएफसी)लाई १ का बिरुद्द ७ गोल गर्दै आयोजक दिक्तेल फुटबल क्लब(डीएफसी) ले विजय सुरुवात गरेका छन्  । 
फुटबलका व्यवसायिक खेलाडी उत्पादन गर्दै फुटबलको व्यवसायीकरण गर्ने समेत उदेश्य राखी सञ्चालन गरिएको प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार १ सय ११, उपबिजेता टिमले नगद ७५ हजार ५ सय ५५ र दुई सेमीफाईनलिस्टले नगद २५÷२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
यस्तै, उत्कृष्ट डिफन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुर्नामेन्ट लगायत ८ बिद्यालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 
२०६९ साल जेठ २ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लव र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले गोल्डकप आयोजना गरेको हो । कक्षा नर्सरीमा अध्ययनरत अनुप बिद्यालय जाँदै गर्दा दुर्घटनमा परेका थिए । खेलकुदको माध्यमबाट पर्यटन तथा ब्यापारको प्रबद्र्दन गर्दै जिल्लाको प्रतिष्ठा कायम गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले खुलाएका छन् ।