बैशाख–९, उदयपुरका एक युवा खोटाङमा मृत फेला परेका छन् । 

उदयपुरको पाख्री गाविसका चित्रबहादुर कार्कीको छोरा रमेश कार्की बोपुङस्थित बुँवा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । 
गत बिहिबारदेखि बेपत्ता भएका रमेश आईतबार मृत अवस्थामा भेटिएको स्थानीयबासीले जानकारी दिएका छन् । कार्कीको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।