बैशाख–१९, खोटाङमा छिमेकीलाई छुरी प्रहार गर्नमा संलग्न दुई महिला पक्राउ परेका छन् । 
पाथेका–४ का कुमारसिं राईलाई छुरी प्रहार गरेको आरोपमा पाथेका–४ का २९ वर्षीय कला राई र दुर्गाहिरा राईलाई दुई महिनापछि पक्राउ परेका हुन् । उनीहरुले कुमारसिंलाई गत फागुन–१२ गते छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । छुरी प्रहारमा संलग्न अर्का ३६ वर्षीय बाबुराम राई फरार छन् । 
छुरी प्रहारबाट टाउको र शरिरका बिभिन्न भागमा गहिरो चोट लागेका कुमारसिंको उपचारपछि स्वास्थ्यमा सुधार आइसकेको आफन्तको भनाइ छ ।