बैशाख–२०, जन्ती गएर फर्कनेक्रममा खोटाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । भीरबाट लडेर दिक्तेल–९ होरखाका ५४ वर्षीय धनबहादुर कार्कीको ज्यान गएको हो ।
हौंचुरबाट दुलही लिएर नेर्पातर्फ जानेक्रममा दिक्तेलको तालखर्क र लालीबीचको भैले खोलाको भीरबाट लडेर कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाका प्रहरी नावय उपरीक्षक राजिब बस्नेतले जानकारी दिनुभयो । 
बुधबार राती ९ बजे लडेर ज्यान गुमाएका कार्कीको शव पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा ल्याइएको आफन्तले जनाएका छन् ।