बैशाख–२४, भीर महुरीको मह खाएपछि खोटाङमा मंगलबार दुई जना बिरामी परेका छन् । आफन्तले चाख्न दिएको भीर महुरीको मह खाँदा सदरमुकाम दिक्तेल–३ का ५१ वर्षी मोहनप्रसाद आचार्य र जालपा–३ का सरिता विश्वकर्मा बिरामी हुनुभएको हो ।

मह खाएलगत्तै रिंगटा लाग्ने, चिट–चिट पसिना आउने, बेहोस हुने र वान्ता हुने समस्य देखिएपछि आचार्य र विश्वकर्मालाई जिल्ला अस्पताल भर्ना गरिएको छ । सिकिस्त बिरामी भएका आचार्यको अस्पतालमा उपचार भइरहेको छ भने विश्वर्मालाई मंगलबार नै डिस्चार्ज गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । भीर महुरीको मह खाएपछि सोमबार पनि जिल्ला अस्पतालमा दुई जना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीका अनुशार भीर महुरीको महको अधिक प्रयोग आफैमा हानीकारक मानिन्छ, भने विषालु फूल फुल्ने मौसमका कारण सर्वसाधारण बिरामी परेका हुन् ।