बैशाख–२७, किरात राई यायोक्खा खोटाङले सदरमुकाम दिक्तेलमा  ‘उभौली साकेला शुभकामना साँझ २०७०’ आयोजना गर्ने भएको छ । 
किरात राई समुदायको महानपर्व उभौली साकेलाको अवशर पारेर विविध कार्यक्रमहरुको आयोजना सहित आगामी जेठ ११ बैसाख पुर्णिमाको अवसर पारेर ‘उभौली साकेला शुभकामना साँझ २०७०’ को आयोजना गरिएको हो ।
किरात राईहरुलाई आफ्नो भाषा, धर्म, संस्कारसस्कृति र अधिकारको बारेमा सुसुचीत गराउने र यायोक्खालाई आर्थिक रुपमा टेवा पु¥याउने उदेश्यका साथ शुभकामना साँझको आयोजना गरिएको आयोजकले जनाएको छ । 
यायोक्खाको भातृ संगठनहरु किराँत राई लेखक संघ र किरात राई युवा संघको भातृ संगठन खोटाङमा समेत बिस्तार गर्दै लैजाने योजना अनुरुप आगामी जेठ ११ गते जिल्ला तदर्थसमिति गठन गर्न पहलगर्ने निर्णय गरिएको यायोख्खाका जिल्ला अध्यक्ष प्रश्नराज राईले जानकारी दिनुभयो । 
यस्तै, यायोक्खाले किरात समुदायबाट २०६९ सालको एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण गर्न सफल एक छात्र र छात्रालाई सम्मान तथा जेहेन्दार विद्यार्थीका लागि उच्चशिक्षा हासिल गर्नका निमित्त सहयोग पु¥याउने उद्धेश्यकाले अक्षयकोष स्थापनार्थ पहल गर्ने, यायोक्खाले किरात समुदायका लागि सहकारी सञ्चालनको लागि पहल गर्ने निर्णय समेत गरिएको छ । 
यसैवीच, आगामी जेठ ११ गते कै दिन दिक्तेलको रत्नपार्कस्थित खोटाङ विकास मञ्च छेउमा निर्माण गरिएको किरात राई यायोक्खा र किरात सेवा समाजको भवन उद्घाटनका साथै साकेला शिली प्रदर्शनका लागि मझुवा गढी जाने निर्णय समेत गरिएको यायोक्खाले जनाएको छ ।