जेठ–२, खोटाङमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले आफुले च्यातेर फालिदिएको अखिल क्रान्तिकारीको झण्डा त्यही स्थानमा गाडिदिएको छ ।

अखिल क्रान्तिकारीले खार्पास्थित रावा क्याम्पसमा राखेको झण्डा च्यातेर फालिदिएका अनेरास्ववियुले आफ्नो गल्ती स्वीकार गर्दै पुःन क्रान्तिकारीको झण्डा त्यही स्थानमा गाडिदिएको हो ।

घटना लगत्तै दुई विद्यार्थी संगठनबीच भएको सहमती अनूरुप अनेरास्ववियुका कार्यकर्ताले अखिल क्रान्तिकारीको झण्डा सोही स्थानमा गाडिदिएको अखिल क्रान्तिकारी खोटाङका संयोजक उमेशचन्द्र राईले बताउनुभयो ।

विद्यार्थी संगठनबीचको सम्वन्ध बिग्रन नदिन र आशन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै अनेरास्ववियुले झण्डा राखिदिएकोमा अखिल क्रान्तिकारीले धन्यबाद ज्ञापन गरेको छ ।

अखिल क्रान्तिकारीले शान्तिपूर्ण राजनीतिमा आउन सबै विद्यार्थी संगठनहरुलाई विज्ञप्तीमार्फत आग्रह गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले गत आइतबार अखिल क्रान्तिकारीको झण्डा च्यातेर फालिदिएको थियो ।