खोटाङ जेठ–६, किराती सभ्यताको उद्गम थलोको रुपमा लिईने खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको ऐतिहासिक स्थल तुवाचुङ–जायजुङमा धुमधामका साथ साकेला सिली नाचिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यमा भब्य कार्यक्रमका साथ सामुहिक चुलाको पुजा गर्दै आईतबार साकेला नाचिएको हो ।
 संसारभर रहेका किरातीहरुको प्रमुख गन्तब्यको रुपमा स्थापित तुवाचुङमा आयोजना गरिएको साकेला सिली प्रर्दर्शनीमा सम्बोधन गर्दै कांग्रेसका नेता महतले तुवाचुङ जायजुमलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्दै आर्थिक सम्बृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । पबित्र र मनोरम स्थलमा आयोजित कार्यक्रममा सामेल हुन पाएकोमा गर्ब गर्दै उहाँले संसारभरका किरात समुदायलाई ल्याउने वाताबरणका लागि लाग्न सुझाव दिनुभयो । तुवाचुङको संरक्षण, सम्बद्र्दन तथा प्रबद्र्दनका लागि स्वयम आफै पनि आफ्नो ठाउँबाट लाग्ने प्रतिबद्दता समेत नेता महतले ब्यक्त गर्नुभएको छ । 
त्यसैबीच, हिन्दुु, किरात र बौद्ध धर्मावलम्बीको त्रि–धार्मिकस्थल हलेसीको प्रचार–प्रसार गरेर एसियाकै प्रमुख गन्तव्य स्थलका रुपमा बिकास गर्न सकिने सम्भावना रहेको समेत उहाँले औंल्याउनुभयो । महतले हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण एबं गुरुयोजना कार्यान्वयनमा जोड दिँदै आफु सत्तामा नरहे पनि हलेसीको पर्यटन प्रवद्र्धनमासाथ र सहयोग गर्ने बाचा गर्नुभयो ।
तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश सभा सदस्य खोटाङको राजन राई, सोही नगरपालिकाको प्रमुख ईवन राई लगायत बिशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको आयोजक समिभिका महासचिब दिनेश राईले जानकारी दिनुभयो ।  तुवाचुङ जायजुममा ११ समुहले विभिन्न प्रकृतिका साकेला शिली नाचेका छन् ।
उक्त स्थानमा किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतिमा प्रतिस्थापन गरि सकिएको छ ।