जेठ–६, खोटाङको दक्षिणी गाविस स–छितापोखरीमा एकीकृत घुम्ती शिविर शुरु भएको छ । 
उत्तरी गाविस बाक्सिलामा घुम्ती शिविर सञ्चालन गरेको हप्ता दिनपछि जिल्लाका सरकारी कार्यालयहरुले पुःन दक्षिणी क्षेत्र स.छितापोखरीको पञ्चमी बजारमा घुम्ती शिबिर शुरु गरेको हो । 
दुर्गम गाउँका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यले स.छितापोखरीमा सोमबार बिहानदेखि चार दिने दिने घुम्ती शिबिर शुरु गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । 
स–छितापोखरी, छोरम्बू, बतासे, डाँडागाउँ लगायतका सर्वसाधारणलाई लक्ष्यीत गरी शुरु गरिएको घुम्ती शिबिरमा जिल्ला प्रशासन, निर्वाचन, स्वास्थ्य, कृषि, मालपोत, महिला तथा बालबालिका लगायतका सरकारी कार्यालयहरुले सेवा प्रदान गरिरहेका छन् । 
यस्तै, चिसापानी बजारमा आगामी जेठ–११ गतेदेखि १५ गतेसम्म घुम्ति शिबीर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।